
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।
जम्मू–कश्मीरमा एक नेपालीसहित कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन कुराकानी गरेका हुन् ।
मोदीसँगको वार्तामा आतङ्कवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता दोहोर्याएका छन् ।
‘मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतङ्कवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरूविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij