Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

निजामती विधेयकमा आज यी बुँदा पारित

निजामती विधेयकमा आज यी बुँदा पारित

  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक बुँदा पारित गरेको छ ।

    images
    images
    images

    विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

    जसअनुसार विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शब्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ ।

    त्यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ । अन्य विषयमा क्रमश छलफल गर्दै सहमतिका साथ विधेयकलाई अघि बढाउने खतिवडाले बताए । संसदको अबको अधिवेशनमा नै लैजाने गरी विधेयक पारित गर्ने उनको भनाइ छ ।

    सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । कर्मचारी संगठनहरूले भने आफुहरूसँग यसअघि भएका सहमतिका आधारमा विधेयक अघि बढ्नुपर्ने अडान राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij