
Apr 23 2025 | २०८२, वैशाख १० गते
सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् ।
आज सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताइन् ।
उनले भने, “सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरुमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम साता सम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे । उनले भने, “मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पुर्याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।”
सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफूहरूको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij