
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्याएको मितेरी मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
‘तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको छ,’ भन्सार कार्यालय प्रमुख खत्रीले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij