Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

चम्पुजा र मञ्जुश्री उद्यानमा पर्यटकको आकर्षण बढ्दै

चम्पुजा र मञ्जुश्री उद्यानमा पर्यटकको आकर्षण बढ्दै

  • दोल्खा । आर्थिकरुपमा भीमेश्वर नगरपालिकालाई समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ । वडा नं २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई÷तीन सय आन्तरिक ताथ बाह्य पर्यटक यहाँको मनमोहक दृश्य हेर्न आउने गरेका छन् । 

    images
    images
    images

    पार्कबाट पवित्र धार्मिकस्थल भीमेश्वर, कालिञ्चोक, तामाकोशी, हनुमन्ते, शैलुङ र गौरीशङ्कर नजिकबाट नियाल्न सकिन्छ । यहाँको विकासका लागि भीमेश्वर मन्दिर नजिक सोलार पार्कसमेत बनाउन छिट्टै शुरु गरिने नगर प्रमुख भरतबहादुर केसीले बताउनुभयो ।  
          
    विसं २०७१ मा नगरपालिकाले आप्mनो बजेटबाट पार्क बनाउन शुरु गरेको थियो । पछि पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय र स्थानीय नागरिकको जनश्रमदानमा गरी रु एक÷एक करोडको लगानीमा निर्माण गरिएको छ । पार्कले हालसम्म पनि पूर्णता पाएका छैन । पार्कभित्र धेरै पूर्वाधार बनाउनुपर्ने देखिएको छ । 

    भीमसेनको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मन्दिर नजिक पर्ने कारण चम्पुजा र मञ्जुश्री पार्क जाने गरेका छन् । आर्थिक समृद्धिका लागि यहाँका धार्मिकस्थल र पार्क कोशेढुङ्गा सावित हुने वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो । 

    तिब्बतबाट नेपालमा आउँदा वडा नं २ तिलिञ्चोमा बास बसी तत्काल कृतिपुरमा पुगी चोभारको डाँडा मञ्जुश्री काटेका र हाल काठमाडौँ उपत्यका बनेको भन्ने भनाइ रहिआएको छ । धार्मिक आस्थाको धरोहरसमेत भएको कारण पर्यटकको भीड लाग्ने गरेका स्थानीय समाजसेवी भरत प्रधानले बताउनुभयो  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij