
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल टेलिकमका सहायक अधिकृत एक महिलामाथि दुरव्यवहार गरेको आरोपमा आइतबार राती विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–५ घर भएका ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् । आफन्तले पठाएको पैसा एमईबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले ति महिलामाथि आइतबार दिउँसो अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij