Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

हिंसारहित समाजका लागि महाकाली–मेची साइकल यात्रा

हिंसारहित समाजका लागि महाकाली–मेची साइकल यात्रा

  • महेन्द्रनगर । हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु गरिएको छ ।

    images
    images
    images

    बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ ९ओसो पुजारी० को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गर्नुभएको छ ।

    समाजमा बढ्दै गइरहेको हिंसा अन्त्य र वातावरण संरक्षणका लागि साइकलयात्राको महत्व रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । काष्ठमाण्ड साइकल क्लबका अध्यक्षसमेत रहनुभएका यात्राका संयोजक श्रेष्ठले दश दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने बताउनुभयो । सिद्धार्थ र सगरमाथा इन्सोरेन्सले यात्रा सफल बनाउन आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ ।

    महेन्द्रनगरमा प्रदर्शन

    बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन्।

    घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्र्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij