Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

मुखिया र पाँडे सम्मानित

मुखिया र पाँडे सम्मानित

  • काठमाडौँ । नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित हुनुभएको छ । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ‘बराथा स्मृति सम्मान’ २०७५ र २०७६ क्रमशः मुखिया र पाण्डेलाई दिइएको हो । 

    images
    images
    images

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कार्टुनलाई आजको अवस्थासम्म ल्याई पु¥याउन मुखिया र पाँडेले विशिष्ट योगदान दिएको बताउनुभयो । उहाँले कार्टुन कला समाजलाई जनचेतना जगाउने महत्वपूर्ण विधा रहेको जिकिर गर्दै यसको विकास, प्रवद्र्धन तथा संवद्र्धनका काममा प्रतिष्ठानले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । 

    कुलपति कर्माचार्यले संसारमै कार्टुन कलाको महत्व झनै बढेर गएको बताउँदै भन्नुभयो, “पछिल्लो समय समाजलाई जागरुक बनाउन पनि यसको भूमिका अझै बढेर गएको छ ।” उहाँले नेपालमा अहिले पत्रपत्रिकाले कार्टुनलाई विशेष स्थान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रिकाको मात्रै भर नपरी प्रतियोगिता, कार्यशाला, प्रदर्शनी, गोष्ठीलगायतका काम गर्नुपर्दछ । यसका लागि प्रतिष्ठानले आवश्यक सहयोग गर्न तयार छ । साथै यस विधालाई विकेन्द्रिकरण गर्दै प्रादेशिक तथा जिल्ला स्तरसम्म पु¥याउन पहल गरौँ ।” 

    प्राज्ञ रमेश खनालले कार्टुन समाज चिहाउने आँखा भएको बताउनुभयो । उहाँले नेपालमा कार्टुनले राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आममानिस र समाजलाई आँखा देखाउने कलाका रुपमा कार्टुन कलालाई लिन सकिन्छ । यसको प्रभावकारी विस्तार सिर्जनशीलताले नै समाजलाई समृद्ध बनाउन मद्दत मिल्दछ ।” 

     कलाकार जीवन राजोपाध्यायले कार्टुनको शक्तिले समाजलाई झक्झकाउने जिकिर गर्दै यसको विस्तारमा प्रतिष्ठान र क्लबले अझै काम गर्न बाँकी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कार्टुनको विकासका लागि अझै प्रभावकारी काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कला र पत्रकारितालाई जोड्ने महत्वपूर्ण सेतुका रुपमा कार्टुन कलाले काम गरिरहेको बताउँदै आमसञ्चार माध्यमले यसलाई अझै सशक्त ढङ्गले अगाडि बढाउन पहल गर्नुपर्ने जिकिर गर्नुभयो । 

    कलाकार टेकवीर मुखियाले शक्तिले समाजलाई जागरुक बनाउन मद्दत गर्ने बताउनुभयो । कार्टुनिष्ट अविन श्रेष्ठले नेपाली कार्टुनको प्रभाव देशव्यापीरुपमा फैलिँदै गएको बताउनुभयो । उहाँले समाजलाई गतिशील र जागरुक बनाउन आमसञ्चार माध्यमसँग जोडिएर कार्टुनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जिकिर गर्नुभयो । 

    साधारणसभाले वासु क्षितिजको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीको नेपाल आर्ट काउन्सिलमा भएको सभाले उपाध्यक्षमा देवेन्द्र थुम्केली, महासचिवमा रवि मिश्र, सचिवमा भानु भट्टराई, कोषाध्यक्षमा रवीन्द्र मानन्धर तथा सदस्यका योगेशकुमार खपाङ्गी, दीपक गौतम, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी र सुजिता महर्जन रहेका छन् । साढे दुई दशकदेखि कार्टुन क्षेत्रमा सक्रिय क्षितिज हाल अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत छन् । 

    यसअघि दुई कार्यकाल क्लबको अध्यक्षमा कार्टुनिष्ट अविन श्रेष्ठले नेतृत्व गरेका थिए । विसं २०५६ मा स्थापित क्लब लामो समयसम्म निष्क्रिय रहेपछि श्रेष्ठले विसं २०७० मा कार्यभार सम्हालेका थिए । यसबीचमा क्लबले कार्यशाला, गोष्ठी, अन्तक्र्रिया, प्रतियोगिता, जनचेतनामूलक कार्टुन प्रदर्शनी, पुस्तक प्रकाशनलगायतका काम गरेको नवनिर्वाचित क्लबका महासचिव रवि मिश्रले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष क्षितिजले नेपाली कार्टुन क्षेत्रलाई मर्यादित र प्रभावकारी बनाउन क्लबले सिर्जनात्मक पहल गर्ने बताउनुभयो । उहाँले नेपाली समाजमा रहेका नकार पक्षलाई चिर्न र सरकार पक्षलाई जगाउन कार्टुनिष्टलाई अभिप्रेरित गर्ने गरी काम गर्ने सुनाउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij