Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

डीएसपी ढुंगेलले पाए सफाइ

डीएसपी ढुंगेलले पाए सफाइ

  • काठमाडौँ । नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलले सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको हो ।

    images
    images
    images

    लुटपाटमा संलग्न गिरोह परिचालन गरेको अभियोगमा उनले सफाई पाएका हुन् । उनलाई यसअघि उच्च अदालतले धरौटी लिने भनि गरेको आदेश सर्वोच्चले बदर गरिदिएको हो।

    ०७७ असार पहिलो साता जिल्ला अदालत काठमाडौंले डिएसपी ढुंगेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । तर सो आदेश विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएको थियो । उच्च अदालतले ढुंगेलसँग १ लाख धरौटी मागेपछि उनी सर्वोच्च पुगेका थिए ।

    उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले जिल्ला अदालतको आदेश सदर गरेको हो । ०७५ चैतमा रानीवारी स्थित एक घरमा भएको लुटपाटमा संलग्न लुटेरालाई ढुंगेलले परिचालन गरेको आरोप लागेको थियो भने सोविरुद्ध महानगरीय अपराध महाशाखाले प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    कतिपयले संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धाकै कारण ढुंगेललाई फसाइएको बताउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij