Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तीन प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

तीन प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

  • काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले हुस्सु लागेको काठमाडौंमा दिउँसो भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    images
    images
    images


    तराई भू-भागमा पनि अहिले बाक्लो हुस्सु लागेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा भने साँझसम्म नै रहने मौसमविदहरुले बताएका छन् ।

    आज दिउँसो प्रदेश १,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाको अनुमान छ ।

    यसैगरी आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij