Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि हातपात

शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि हातपात

  • काठमाडौं । शिक्षक आन्दोलनमा आफू अभिभावक बताउने एक व्यक्ति घुसेपछि हातपात भएको छ । शिक्षकहरूले घुसपेठ भएको भन्दै उनीमाथि हातपात गरेका हुन् ।

    images
    images
    images

    आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा आएको छ । उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो ।

    उक्त भिडियोमा उनले आफ्नो छोरी को भर्ना हुन नपाएपछि आजबाट आन्दोलनमा आउनुपरेको बताएका छन् ।
    उनले भने,‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन ।’ यति भनेपछि शिक्षकहरूले सरकारलाई भन्नु भनेका थिए । त्यसपछि ती महतले आफ्नो लागि सरकार शिक्षक पनि रहेको बताए ।

    ‘तपाईंहरूले आन्दोलनको स्वरूप फेर्नुपर्छ, तपाईंहरूले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ,म यही अनसन बस्छु,भोलिदेखि अरु अभिभावकहरू पनि निस्किन्छन्,’उनले भने । शिक्षकहरूले उनलाई बाहिर जान भनेपछि प्रहरीको सुरक्षामा निकालिएका थिए । त्यहीबेला शिक्षकहरूले हातपात गरेको भिडियोमा देख्न सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij