
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो । समितिमा मनोनयन भएकाहरुमा जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहनुभएको छ ।
संसदीय सुनुवाइ समितिमा तीन सदस्यहरूलाई मनोनयन गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराएका थिए भने बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij