
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल भइरहेको छ । संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो ।
नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो ।
संसदीय समितिमा विधेयकमाथी छलफल चल्दा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij