
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । दक्षिण कोरियालाई परमाणु हमला गर्ने उत्तर कोरियाले चेतावनी दिएको छ । दक्षिण कोरियाले आफूमाथि हमला गरे आफूहरुले परमाणु हमला गरिदिने उत्तर कोरियाका नेता किम जोङकी बहिनी किम यो–जोङको तर्फबाट यो बयान आएको हो ।
केही दिनअघि दक्षिण कोरियाका रक्षामन्त्रीले उनको सेना उत्तर कोरियामा कुनै पनि लक्ष्यमा हमला गर्न सक्षम भएको बताएका थिए । करिब ६ महिनाको मौनतापछि किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो खालको धम्की दिएको यो दोस्रो पटक हो ।
उनले भनिन्, ‘दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियमाथि हमला गर्ने कुरा गर्दै एउटा ठूलो गल्ती गरेका छन् । यदि दक्षिण कोरियाले यस्तो गरे उत्तर कोरियाले यसको जवाफ परमाणु हमलामार्फत् दिनेछ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij