Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वीर अस्पतालको खाद्य स्वस्च्छताको अवस्था ठिक छ: महानगर

वीर अस्पतालको खाद्य स्वस्च्छताको अवस्था ठिक छ: महानगर

  • काठमाडौं । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम निरीक्षण गरिएको छ ।

    images
    images
    images

    सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यलेसुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।

     
    अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए ।

    खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वस्च्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए । 
    उनले भने,‘उहाँहरुले सबै यो खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गर्नुभएको पाइएको छ । एकदमै राम्रो छ ।

    काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष विरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं । यस्तो सरकारी अस्पताल कमै छन् ।’

    त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्यव्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij