Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्रीबीच मोदीको भेटवार्ता 

रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्रीबीच मोदीको भेटवार्ता 

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । 

    images
    images
    images

    युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार लाभरोभले शान्ति वार्तालगायत युक्रेनको अवस्थाबारे मोदीलाई जानकारी गराएका थिए । जवाफमा मोदीले मोदीले हिंसा अन्त्य गर्न विदेशमन्त्री लाभरोभलाई आह्वान गरेका थिए ।

    सो अवसरमा प्रधानमन्त्रीले तत्काल हिंसा अन्त्यको लागि आह्वान गरेको र शान्ति प्रयासमा कुनै पनि तरिकाले योगदान गर्न भारतको तयार रहेको बताएका थिए । रुसी सेनाले युक्रेनमा हमलाको आकार घटाउने घोषणा गरिरहेका बेला लाभरोभले मोदीलाई भेटेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij