Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

टेम्पो चालक बिनाको व्यस्तता

टेम्पो चालक बिनाको व्यस्तता

  • २०७२ सालमा माध्यमिक शिक्षा (एस.ई.ई.) परीक्षा दिएर बिना मोक्तान काठमाडौँ छिरिन् । काठमाडौँ छिरेको केही समयको बसाईपछी उनले सीप सिक्ने योजना बनाईन् । उनको रोजाईमो प¥यो टेम्पो । उनले दिदी सँग सल्लाह गरीन् र टेम्पो सिक्ने निर्णय गरिन् । 

    images
    images
    images

    मोक्तान जोरपाटी,पुरानो बानेश्वर, शंखमुल,चाबहिल रुटमा टेम्पो चलाछिन् । जोरपाटी,पुरानो बानेश्वर, शंखमुल,चाबहिल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई नचिन्ने सायदै कमै होलान् ।  उनको टेम्पो बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्छ । 

    हेर्दा त सानी देखिनुहुन्छ नी ? कति वर्षको उमेरदेख चलाउन सुरु गर्नुभयो ? 

    अँ, सानी नै छु त्यस्तै १६,१७ वर्षको उमेरदेखी टेम्पो चलाउन सुरु गरेँ । 

    लाइसेन्स लिनुभयो ?

    सिक्दै गरे । अनि ट्रायलको लागी फारम भरे । लगभग मलाई लाग्छ १५ दिन पछी ट्रायल दिन गए, ट्रायल दिइको पहिलो पटक नै लाईसेन्स निकाल्न सफल भए । 

    टेम्पो कसरी लिनुभयो ?

    सुरुमा खासै कोही चिनेको थिएन । एकजना चिनेको दिदीले भाँडामा टेम्पो उपलब्ध गराउनुभयो अनी चलाउन सुरु गरेँ ।

    सुरुमा कतिको डर लाग्यो ?

    सुरु-सुरुमा चलाउन सकिन्न भनेर डर होइन्, टेम्पोको भाडाँ तिर्न सक्छुकी सक्दिनँ भन्ने चाँही डर लाग्यो अनि अर्को कुरा तेत्ताको टेम्पोको भाँडा सँगै आफुबसेको कोठाको भाँडा र आफुलाई खान लाउँन कसरी पुर्याउन होला भनेर डर लागेको थियो, तर मैले हरेस नखाइ काम गरे काम गर्दै जाँदा त्यस्तो केही समस्या सिर्जना भएन जे होस् सुरु महिना देखी नै राम्रै कमाई भएको गर्न सफल भएँ । 

    यात्रुहरुले के भन्नुहुन्छ ?


    ओ, कति सानी नानी । अनुहार हेर्दा त् सानी देखिन्छ्यौ । कति वर्ष भयौ भन्नुहुन्थ्यो । जति यात्रुहरु भेटिन्थे उहाँहरु सबैले यही प्रश्न गर्नुहुन्छ ।

    यो पेशामा लाग्नु भन्दा पहिलाको बिना र अहिलेको बिनामा के फरक पाउनुहुन्छ ?

    पहिलाको बिना गाउँमा हुर्केर भर्खर शहर छिरेकी त्यसै त् बिरानो यो शहर आफुलाई मन लागेको कुरा गर्न, घर बाहिर निस्किंदा हुने आर्थिक समस्या अरुको भरमा आश्रित हुन बाध्य थिए भने अहिलेको बिना जति पनि आफुलाई चाहिने आधारभुत आवश्यकताहरु छन् र आफ्नो काँधमा आएका जति पनि जिम्मेवारी छन् तिनीहरुलाई सजिलै बहन गर्न सक्ने बिना भएकी छु ।

    म्युजिक भिडियोमा पनि हात प्रवेश गर्नुभएको छ ? चालक बिनालाई मोडल बन्ने इच्छा हो ?


    अवश्य पनि मलाई सानै देखी नाँच्न, गाउँन सारै मन लाग्थ्यो खासै राम्रो नाँच्न, गाउँन त् आउदैन ्र सुरुमा म आफ्नो काम सँगसँगै डान्सिङ्ग कक्षा पनि जान्थे, त्यसपछि म्युजिक भिडियोको अफर आयो अनि म्युजिक भिडियो पनि खेलियो ।
    हालसम्म कतिओटा भिडियो बजारमा आए ?

    अहिलेसम्म २ ओटा भिडियोहरु (त्यो तिम्रो तस्वीर) र (गहिरो नदी डुंगा तरुला) लगायत म्युजिक भिडियो अहिले बजारमा छन्  ।


    दर्शकको माया कतिको पाउनुभयो ?


    दर्शकहरुको माया,साथ,सहयोग धेरै नै पाएकी छु, यदी दर्शकहरुलेनै माया गर्नुभएन भने अरु कसले गर्नुहुन्छ होला र ?

    यो भन्दा करिव डेड वर्ष अगाडी तपाईलाई पर्दाममा देखियो त्यसपछि तपाईलाई म्युजिक भिडियोमा देख्न पाइएन ओझेलमा पर्नुभएको हो ? अव दर्शकले कहिले पर्दामा देख्न पाउने ?


    म खासै ओझेलमा त् परेको होइन, म खेल्दिन अब म्युजिक भिडियो भनेर पछी हटेको चाँही हो ्र अब छिटै दर्शकहरुले देख्न पाउनुहुनेछ, प्रतीक्षा गर्नुहोस् ।

    मोडल र चालक कुन काम गर्न सजिलो लाग्यो ?

    हरेक मानिसले चाह्यो भने कुनै पनि काम सजिलै गर्न सकिन्छ र सजिलो पनि हुन्छ, भनिन्छ्नी, जँहा इच्छा त्याँहा उपाय हो तेस्तै हो आफ्नो लक्ष्य र आफ्नो काम प्रति लगनशील भएर काम गरियो भने अवश्य सफल बनिन्छ, त्यसैले यी दुबै काम मेरा लागि ठिकै सजिलै लाग्यो  ।

    अबको केही नयाँ योजनाहरु के छन् ?


    अब मेरो नयाँ र पहिलो योजना भन्नुपर्दा ठूलो बस चलाउने तयारी गर्दै छु, समय,परिस्थिति, भाग्यले साथ दियो भने ठूलो बस चलाउने इच्छा पुरा गर्ने हो र पढाइलार्ई निरन्तरता दिने योजनमा छु । 

    अन्त्यमा ?


    सर्वप्रथम सम्पूर्ण दिदीबहिनीहरुलाई के भन्नु भने आफूभित्र रहेको चाहानालाई कहिले लुकाएर नबस्नुस इच्छा शक्तिलाई व्यवहारमा परिणत गर्नुहोस् र अघि बढ्नुहोस् ्र आफूसँग इच्छा, चाहाना छ भने महिलाले पनि ठूलाठूला काम गर्न सक्छौं, महिला भएर अब घरको चुलो र चौकामा सिमित नरहनुस सीप सिकौं आत्मनिर्भर बनौं जिन्दगीभर ढुक्कसँग जीवन बिताउँ ।

    bina 2.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij