
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । भ्रमण भिसामा रोजगारीका लागि जानेहरु ठगीमा पर्ने गरेपनि भ्रमण भिसामा जाने क्रम नरोकिएपछि दूतावासले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
पछिल्लो समय नेपालीहरु भ्रमण भिसामा यूएई गएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको छ ।
दूतावासका अनुसार श्रम स्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भए पनि भ्रमण भिसामा काम गर्न जाने क्रम रोकिएको छैन । दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि आउने भए श्रम स्वीकृति लिएर सरकारी प्रक्रियाबाट आउन र कसैको प्रलोभनमा परेर रोजगारीका लागि भ्रमण भिसामा नआउनु भनिएको छ ।
स्वीकृति नलिइ आउँदा समस्यामा परे वा मृत्यु नै भए पनि मानवीयताका नाताले सामान्य सहानुभूतिबाहेक अन्य नीतिगत रूपमा केही गर्न नसकिने दूतावासले स्पष्ट पारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij