Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

‘भ्यालेन्टाइन डे’ मा पठाओद्वारा राइडर र ग्राहक दुवैलाई प्रेममय उपहार घोषणा

‘भ्यालेन्टाइन डे’ मा पठाओद्वारा राइडर र ग्राहक दुवैलाई प्रेममय उपहार घोषणा

  • काठमाडौँ । प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ । पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो । 

    images
    images
    images

    उक्त योजना अनुसार उत्कृष्ट दश राइडरहरुले आफ्नो जोडी सहित डिनरमा सहभागी हुन पाउनेछन् । 

    भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । साथै पठाओको दश वटा ट्याक्सीमा भ्यालेन्टाइन डेको दिन ‘मायाको पाटी’ राखिनेछ । सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्ने कम्पनीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij