Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कफी पिउनुहुन्छ ? जानीराखौँ फाइदा र बेफाइदा

कफी पिउनुहुन्छ ? जानीराखौँ फाइदा र बेफाइदा

  • काठमाडौं । अचेल धेरैका लागि कफी खानु आदत जस्तै हो । मानिसहरु बिहान दिउँसो र बेलुका खाना वा नास्तासँगै केही नै केही पेय पदार्थ लिइरहेका हुन्छन् । केहि बाहेक कफीको आदतमा धेरै शहरबासी नेपाली डुबिसकेका छन् । केहि विद्यार्थीहरु समेत अध्ययनको लागि रातमा अलिक खटिने अवस्थामा कफि पिउने गर्छन् । संसारमा यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात नै गर्दैनन् ।

    images
    images
    images

    यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । कफि खानुका फाइदा बेफाइदा दुवै छ । त्यसैले यसको प्रयोग गर्दा होसीयारी अपनाउनुपर्छ ।

    कफीमा पाइने क्याफिन नामक तत्वले शरिरमा ऊर्जा प्रदान गर्छ । यसले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्ने अध्ययनबाट खुलेको छ ।
    कफीले मुड फ्रेस गर्छ ।
    क्याफिनले पार्किन्सनका बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।
    ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।
    नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।
    नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्ति भन्दा बढी हुन्छ । साथै,कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावना समेत कम गर्छ ।
    यसका अलवा कफिका बेफाईदा पनि छन् यसबारे पनि जानौँ

    गर्भवति महिलाले कफि पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ । गर्भपातको जोखिम समेत बढाउँछ ।
    दुध कफिले ग्याष्ट्रिक बढाउन सक्छ ।
    राति सुत्नुअघि कफि पिउनु राम्रो मानिन्न ।
    उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफि पिउनु हुँदैन ।
    निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफि पिउनु हुँदैन ।
    लोकपथ डटकमका अरु लेखहरु पढ्नुस्

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij