Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

कोशी नदीमा डल्फिन

कोशीमा रेकर्ड गरियो २२ डल्फिन

कोशीमा रेकर्ड गरियो २२ डल्फिन

  • काठमाडौं । सप्तकोशी नदीमा डल्फिनमा नयाँ रेकर्ड पाइएको छ । डल्फिनको संख्या कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बढेर २२ पुगेको छ ।

    images
    images
    images

    कोशी नदीमा गरिएको चारदिने डल्फिन गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला परेका हुन्। चैत १५ देखि १८ सम्मको गणनाबाट कोशी नदी तथा आरक्ष क्षेत्रमा डल्फिन गणना गरिएको हो ।

    images

    जसको नतिजा बिहीबार सार्वजनिक गर्दै कोशी नदीमा २२ वटा डल्फिन रहेको जनाएको हो ।

    यहाँ पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो । जहाँ १९ वटा डल्फिन गणना भएको थियो। २०२४ मा भने धेरै बाढी आएका कारण डल्फिन गणना गरिएको थिएन ।

    सन् २०१२ मा ११, सन् २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको हो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।

    images

    कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ मा १९ वटा डल्फिनको गणना गरेको थियो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार डल्फिनको संख्या यो वर्ष वृद्धि हुनु संरक्षणको दृष्टिले सकारात्मक मानिएको छ ।

    कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा डल्फिन गणना गरिएको गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij