
Jun 05 2025 | २०८२, जेठ २२ गते
ललितपुर । लायन्स क्लब अफ काठमाडौँ क्रिएशनको सिग्नेचर प्रोजेक्टअन्तर्गत नेपाल टेलिकम, जावलाखेलमा आज सम्पन्न “विशाल खुला रक्तदान कार्यक्रम” अत्यन्त सफल रह्यो । कार्यक्रममा ''१२४ युनिट रगत सङ्कलन'' गरिएको छ ।
कार्यक्रम लायन्स क्लब अफ काठमाडौं क्रिएसनको अग्रसरतामा, लायन्स क्लब अफ काठमाडौं हाइल्यान्ड, इन्टिग्रिटी, गोदावरी क्रिएसन, हिमाल, हेल्थकेयर, इनोभेटिभ इन्टरप्रेनर्स, न्यू एरा, हेरिटेज तथा रेनबो क्लबहरूको संयुक्त आयोजनामा कार्यक्रम संपन्न भएको छ । कार्यक्रम नेपाल टेलिकम र ललितपुर महानगरपालिकाको सहकार्यमा, तथा प्राविधिक साझेदार टी.यू.लायन्स ब्लड बैंक, कीर्तिपुरको सहयोगमा सम्पन्न भयो ।
उपस्थित सबै महानुभावप्रति आयोजक क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij