Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अस्पतालको स्वास्थ्य बीमा शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सञ्चालनमा आउनेछ ।

    AGNI GROUP

    अस्पतालले बीमासम्बन्धी ओपीडी टिकट वितरणको समय पनि सार्वजनिक गरेको छ । सूचनाअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म स्वास्थ्य बीमाका टिकट बीमा टिकट काउन्टरबाट उपलब्ध गराइनेछ।

    लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।

    सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन अघि बीमा बोर्डले बाँकी भुक्तानी गरेपछि अस्पतालले कार्यक्रम पुनः सुरु गर्न लागेको हो ।

    tu-hospital-558x768.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij