
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्री दर आज १३७.५७ रुपैयाँ र खरिद दर १३६.९७ रुपैयाँ छ ।
युरो, पाउन्ड, स्वीस फ्रयांकको मूल्य बढेको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलरको विनिमय दर बढेर ८९.५३ रुपैयाँ पुगेको छ । क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि बढेको छ । चिनियाँ युआनको विनिमय दर आज स्थिर छ। १ चिनियाँ युआनको बिक्री दर १९.१६ रुपैयाँ नै छ। साउदी र कतारी रियालको मूल्य भने आज घटेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij