Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
शुक्रवार गरिएको निर्णय अनुसार १२ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो । अर्थ मन्त्रालयले सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा ल्यायेको छ भने भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाएको छ ।
त्यस्तै, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ भने सहसचिव श्याम प्रसाद भण्डारीलाई भन्सारको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक, दिपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक, रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, दिलिप कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक र विष्णु प्रसाद ज्ञवालीलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी तोकिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij