Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

फुटबल एशिया कप

एएफसी यू-२३ एशिया कप छनौट खेल्ने नेपाली टिमको घोषणा

एएफसी यू-२३ एशिया कप छनौट खेल्ने नेपाली टिमको घोषणा

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ताजिकिस्तानमा हुने एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट खेल्ने टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    मुख्य प्रशिक्षक नविन न्यौपाने २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । यू-२३ नेपाली टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र  विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।

    images

    त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान,आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

    एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले सेप्टेम्बर ३ मा ताजिकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

    समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुने छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij