
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरी अघि बढाउन आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्त्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।
कानूनी समस्याका कारण धेरै युवाहरू नागरिकता विहीन हुनुपरेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरी विधेयक ल्याएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij