Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

बीबीसीका पत्रकारहरू इजरायली सेनाको हिरासतमा

बीबीसीका पत्रकारहरू इजरायली सेनाको हिरासतमा

  • काठमाडौं । बीबीसी अरबी टोलीका केही सदस्यहरूलाई दक्षिणी सिरियामा इजरायली सेनाले हिरासतमा लिएको र उनीहरूलाई कपडा खोल्न लगाएर खानतलासी गरिएको खुलासा भएको छ । यो घटना मे ९ मा भएको बताइएको छ ।

    images
    images
    images

    यस क्रममा टोलीका सबै सदस्यहरूको फोन र क्यामेराहरू पनि खोसियो र उनीहरूको फोटोहरू मेटाइयो ।

    images

    बीबीसीको सात सदस्यीय टोली इजरायली सेनाले डिसेम्बरदेखि कब्जा गरेको गोलान हाइट्सको सिमानामा रहेको सिरियाली क्षेत्रमा कभरेजको लागि प्रवेश गर्ने प्रयास गरिरहेको थियो ।

    त्यतिबेला इजरायली प्रधानमन्त्रीले पनि बशर अल-असद शासनको पतन पछि असैनिकीकृत बफर क्षेत्र र यसको छिमेकी क्षेत्रहरूको नियन्त्रण अनिश्चित कालका लागि लिने घोषणा गरेका थिए ।

    बीबीसी टोलीमा एक बेलायती पत्रकार, दुई इराकी बीबीसी कर्मचारी र चार सिरियाली स्वतन्त्र पत्रकार र एक बीबीसी क्यामेराम्यान थिए ।

    images

    बीबीसी संवाददाता फेरास किलानीले आफूहरूलाई हिरासतमा लिँदा इजरायली सैनिकहरूले टाउकोमा बन्दुक तेर्साएको बताए ।

    यस सम्बन्धमा इजरायली सेनालाई पनि उजुरी गरिएको छ तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij