Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अमेरिकाले हटायो इरानी बन्दरगाहको नाकाबन्दी

अमेरिकाले हटायो इरानी बन्दरगाहको नाकाबन्दी

  • काठमाडौं । इरानसँग भएको शान्ति सम्झौतापत्रमा हस्ताक्षर हुनासाथ अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा नाकाबन्दी हटाइएको हो।

    onlinepatrika
    Arghakhachi

    सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा आउने-जाने सबै जहाजमा लगाइएको नाकाबन्दी हटाएको छ।’सम्झौता पालना गर्न अमेरिकाका ठुला नौसैनिक जहाज अब सामान्य क्षेत्रमा रहने सेन्टकमले जनाएको छ।

    AGNI GROUP

    मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार सम्झौता तुरुन्तै लागु हुने बताएका थिए। उनले भनेका थिए, ‘पहिलो चरणका रूपमा इरानले होर्मुज स्ट्रेट खोल्नेछ भने अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेछ।’

    युद्ध अन्त्यका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार राति सम्झौतापत्रमा इलेक्ट्रोनिक हस्ताक्षर गरेका हुन्। त्यो १४-बुँदे सम्झौतालाई मेमोर्‍यान्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) भनिएको छ।

    यसैबिच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक विचार हुँदाहुँदै पनि हस्ताक्षर गर्न अनुमति दिइएको बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij