Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना

गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना

  • काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयको कामलाई थप प्रभावकारी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखामा शुक्रबार हेलाे गृह कल सेन्टर स्थापना गरिएको मन्त्रालयका प्रवक्ता (सह सचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । 

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा कानुन अनुसार हुनुपर्ने काम नभएमा र कसैले आर्थिक मोलाहिजा गरेमा १११२ नम्बरमा फोन गर्न सकिने छ। 

    मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन तथा ह्वाट्सएपमा म्यासेज पनि गर्न सकिने सहसचिव काफ्लेले बताए । गृह मन्त्रालयले क्युआर कोड स्क्यान गरेर पनि गुनासो दर्ता गर्न सकिने जनाएकाे छ । त्यस्तै इमेलमार्फत पनि उजुरी र गुनासो गर्न सकिने सहसचिव काफ्लेले जानकारी दिए।

    griha_0RtwevaTxi.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij