Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

इरानद्वारा हर्मुज जलमार्ग बन्द गरेको घोषणा

इरानद्वारा हर्मुज जलमार्ग बन्द गरेको घोषणा

  • काठमाडौँ । अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेला इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले शनिबार हर्मुज बन्द भएको घोषणा गरेको हो।

    onlinepatrika
    Arghakhachi

    इरान र अमेरिकाबीच गत बुधबार भएको सम्झौतामा ६० दिनको अवधिका लागि हर्मुज जलमार्गलाई शुल्करहित र खुला राख्ने उल्लेख थियो। ६० दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त १४ बुँदे समझदारीमा उल्लेख थियो। उक्त समझदारीमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, ६० दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाइने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नेलगायत बुँदाहरू उल्लेख थिए।

    AGNI GROUP

    तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेपछि इरानले हर्मुज बन्द गरिएको घोषणा गरेको छ। अमेरिका र इजरायलले समझदारी कार्यान्वयन नगरेको आरोप पनि इरानले लगाएको छ। आईआरजीसीले जहाजहरूलाई जलमार्ग हुँदै अघि नबढ्न पनि चेतावनी दिएको छ। चेतावनी नटेरेमा जहाजहरूको सुरक्षा जोखिममा पर्ने आईआरजीसीकोभनाइ छ।

    बुधबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समझदारीपत्रमा हस्ताक्षर गरे पनि अमेरिकाको सहयोगी देश इजरायल यसमा संलग्न छैन। त्यहीकारण समझदारीका बुँदाहरू पालनाका लागि आफ्नो देश बाध्य नहुने इजरायलको दाबी छ। इजरायलले लेबनानबाट आफ्नो सेना नहट्ने बताउँदै आएको छ।

    शुक्रबार र शनिबार इजरायलले लेबनानमा ठूलो आक्रमण गरेको थियो। शनिबार इजरायलको आक्रमणमा १६ जनाको मृत्यु भएको लेबनानको सिभिल डिफेन्स सर्भिसले जनाएको छ। हिजबुल्लाहले इजरायल फौजलाई ताकेर प्रोजक्टाइलहरू प्रहार गरेपछि जवाफस्वरूप आक्रमण गरिएको दाबी इजरायलले गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij