
Jun 01 2025 | २०८२, जेठ १८ गते
काठमाडौं
आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर ताथली बस्ने ३८ वर्षीय रुद्रराज कार्की रहेका छन् । उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा प्र ०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी इन्ड्राइभ गरी चढेका थिए । भाडा मागेपछि भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई कार्कीले धाकधम्की दिई भाडा तिरेनन् । यसपछि पीडितले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको न्यौपानेले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij