
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । रास्वपाको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।
श्रेष्ठको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । सुमनाले पार्टी सभापति रवि लामिछाने गत चैत २२ गते पक्राउ पर्नुभन्दा अगाडि नै पदबाट राजीनमा दिएकी थिइन् ।
यस्तै, केन्द्रीय सदस्य अनिलकेशरी शाहको राजीनामा पनि स्वीकृत भएको छ । उपयुक्त जिम्मेवारीका लागि भन्दै शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij