
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । विराटनगर महानगरपालिका–५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ ।
सोही महानगरपालिका–१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अवैध औषधि भण्डार गरेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो ।औषधिहरु रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij