
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । गोदावरी नगरपालिका -३ स्थित फूल्चोकी डाँडामा हराइरहेका २ जनालाई प्रहरीेले सकुशल उद्धार गरेको छ । प्रहरीले काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका -६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतवार सकुशल उद्धार गरेको हो ।
सो जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij