Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

११ महिनापछि सिरहामा कोरोना सङ्क्रमण शून्य

११ महिनापछि सिरहामा कोरोना सङ्क्रमण शून्य

  • लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रवारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

    पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताए । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij