
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ २३ गते शुक्रबारसम्म ३६ हजार ५६९ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३६ हजार ५६९ जना बीमितलाई ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।समितिका अनुसार माघ २३ गतेसम्म कारोना बीमामा ६५ हजार ५१९ वटा दाबी परेका छन् ।३६५ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ५५४ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।
ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३५५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ४ हजार ८७३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । समितिका अनुसार सात हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ५९६ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij