Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

घरेलु मैदानमा रियल स्तब्ध

घरेलु मैदानमा रियल स्तब्ध

  • काठमाडौँ । १० खेलाडीमा सिमित रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा लेभान्तेसँग पराजित भएको छ । पराजयसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा ७ अंकले पछि परेको छ । डिएगो सिमिओनीको टोलीले रियलभन्दा दुई खेल कम खेलेको छ ।

    images
    images
    images

    शनिबारको खेलमा जिनेदिन जिदानले घाइते कप्तान सर्जियो रामोशको स्थानमा एडर मिलिटाओ र राफायल भरानको जोडीलाई मौका दिएका थिए । तर त्यो ९ मिनेट मात्र टिक्यो ।  मिलिटाओले  सर्जियो लियोनलाई पेनाल्टी एरिया बाहिर लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले रातो कार्ड पाए ।

    तर, लगत्तै मार्को असेन्सियोले टोनी क्रुसको पासमा रियललाई अग्रता दिलाए । यद्यपि, यो लामो समय टिक्न सकेन । लेभान्तेका कप्तान होजे लुइस मोरालेसले खेलको ३२ औँ मिनेटमा खेल बराबरी गरे ।

    दोस्रो हाफमा रोजर मार्टीको पेनाल्टीलाई रियलका गोलकिपर थियाबट कोर्टवाले बचाउ गरे पनि उनले नै  ७८ औँ मिनेटमा निर्णायक गोल गरे ।

    लालिगामा पछिल्लो १० खेलमा रियलको यो पहिलो पराजय हो । तर, पछिल्ला चार खेलमध्ये रियलले ३ खेलमा हार ब्यहोरेको छ ।

    अन्य खेलमा सेभियाले इबारलाई २–० ले हरायो भने भ्यालेन्सियाले इल्चेलाई १–० ले पराजित गर्यो । भिल्लेरियाल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij