Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

आज पनि नबस्ने भयो प्रतिनिधिसभाको बैठक

आज पनि नबस्ने भयो प्रतिनिधिसभाको बैठक

  • काठमाडौं । प्रतिनिधिसभाको आज बुधबारका लागि तय भएको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

    images
    images
    images

    अब बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने तय भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

    images

    आज बिहान ११ बजे बैठक बस्ने तय थियो । सभामुख घिमिरेले बैठक राखेर विपक्षी दलहरूसँग सहमति खोज्ने प्रयास गरे पनि त्यसले सार्थकता पाउन नसकेपछि बैठक दिउँसो ३ः१५ बजेलाई सारिएको थियो । तर, अन्ततः बैठक बस्दै नबसी स्थगित भएको हो ।

    यसअघि हिजो मङ्गलबारको बैठक पनि यसैगरी स्थगित भएको थियो ।

    विपक्षी दलहरूले भिजिटि भिसामार्फत हुने गरेको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गर्दै आएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij