Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

हङकङ जाने फुटबल टिमको विदाई

हङकङ जाने फुटबल टिमको विदाई

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेको छ ।

    images
    images
    images

    सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेका हुन् ।

    images

    नेपालले यहि जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ ।

    विदाई कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसंग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोवलका साथ मैदान उत्रन आग्रह गरे । उनले खेलाडीको विकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउदै लगेको जानकारी दिए ।

    खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भी रहेको मन्त्री चौधरीले बताए । सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij