
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडाैं । कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
मोरोक्कोको रावतमा भएको लिगमा सहभागी भएर मंगलबार स्वदेश फर्किएकी कराते खेलाडी एरिकालाई त्रिभुवन बिमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा लगाएतले स्वागत गरेका हुन् ।
बाजागाजासहित एरिकालाई कराँतेका खेलाडी, समर्थक, आफन्त र शुभचिन्तकले स्वागत गरेका थिए । सो क्रममा नेपाली कराँते खेलाडी एरिकाले अहिले कांस्य पदक जितेपनि स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने बताइन् ।
कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहमा नेपालको प्रतिनिधिन्व गर्दै ऐरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन् ।
एरिका विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij