Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

गाजा

गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु

इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

  • काठमाडौँ । उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरू इजरायली गोलीबारीबाट मारिएका छन् ।

    images
    images
    images

    हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ ।

    images

    इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ ।

    गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताएको एएफपीले उल्लेख गरेको छ ।

    अस्पतालले कम्तिमा ४८ प्यालेस्टिनीहरू मारिएको दाबी गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij