Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

विद्यार्थी बोकेको भ्यान दुर्घटना

विद्यार्थी बोकेको भ्यान दुर्घटना

  • काठमाडौं । बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    images
    images
    images

    आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

    images

    दुर्घटनामा परेर १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।

    घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति नै दुर्घटनाको कारण रहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij