
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौं । सक्कलीजस्तै देखिने नक्कली हतियार बेचेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का सुरज मगर छन् ।
सुन्धारास्थित सिभिल महलको पाँचौँ तलामा सक्कलीजस्तै देखिने नक्कली हतियार बिक्री गरिरहेको सूचनाका आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
‘द टोय स्टोर’मा खानतलासी गर्दा मगरले प्रहरी टोलीमाथि अभद्र व्यवाहारसमेत गरेको प्रहरीले बताएको छ । उक्त पसलबाट प्रहरीले सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियार बरामद गरेको छ ।
मगरलाई अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij