
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा बिहीबार बिहान रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
ट्याक्टरले थिचेको अवस्थामा उनीहरुको उद्दार गरिएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको एसपी तिमिल्सिनाले बताए ।
घटनामा सोही स्थानका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी तिमिल्सिनाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij