
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं। रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवादेखि चन्द्रनिगाहपुरतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००१ ख ६०० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा ईभी हाईसमा सवार सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
त्यस्तै सोही हाईसमा रहेका रामनगरकी १ वर्षीया रानी कुमारी यादव र दुर्गाभगवती गाउँपालिका ५ बडेर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij