Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

महालक्ष्मीमा स्पोर्ट्स एकेडेमीको स्थापना

महालक्ष्मीमा स्पोर्ट्स एकेडेमीको स्थापना

  • ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा स्थापित महालक्ष्मी स्पोर्ट्स एकेडेमीको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व, जनप्रतिनिधि, खेल प्रशिक्षक, खेलाडी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

    onlinepatrika
    Arghakhachi

    समारोहमा महालक्ष्मी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी महर्जन तथा समाजसेवी एवं खेलप्रेमी इन्द्रकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी, नेपाल तेक्वान्दो संघ बागमति प्रदेशका अध्यक्ष केशव पुरी, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, राष्ट्रिय प्रमुख प्रशिक्षक पूर्णबहादुर योञ्जन, इमाडोल ब्याडमिन्टन तथा स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाशचन्द, समाजसेवी तथा व्यवसायी जीवन थापा, महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

    AGNI GROUP

    कार्यक्रमका अध्यक्ष तथा महालक्ष्मी स्पोर्ट्स एकेडेमीका प्रशिक्षक रमण थापाले एकेडेमीको स्थापना यात्रा, उद्देश्य तथा भावी योजनाबारे प्रकाश पार्दै खेलकुदलाई समाज रूपान्तरणको सशक्त माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुदमार्फत अनुशासित, स्वस्थ, सक्षम तथा जिम्मेवार नागरिक निर्माण गर्ने लक्ष्यका साथ एकेडेमी स्थापना गरिएको बताए।

    अध्यक्ष थापाले एकेडेमीको भवन निर्माण तथा संस्थाको विकासमा योगदान पुर्‍याउने वरिष्ठ खेलाडीहरू, अभिभावकहरू, परिवारजन, साथीभाइ, विभिन्न संघसंस्था, सहयोगी दाताहरू, महालक्ष्मी नगरपालिका तथा वडा नं. ४ प्रति विशेष आभार व्यक्त गरे। उनले सामूहिक प्रयास, सहयोग र विश्वासकै कारण एकेडेमी स्थापना सम्भव भएको उल्लेख गरे।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले खेलकुद क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै महालक्ष्मी स्पोर्ट्स एकेडेमीले नगरभित्रका युवाहरूलाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे। उनले भविष्यमा पनि खेलकुद पूर्वाधार विकास तथा खेलाडी उत्पादनका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

    विशिष्ट अतिथि लक्ष्मी महर्जन ले खेलकुदले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै एकेडेमीको सफलताको शुभकामना व्यक्त गरिन्। एकेडेमीका प्रशिक्षक रामकुमार श्रेष्ठले प्रशिक्षण प्रणाली, खेलाडी विकास कार्यक्रम तथा भविष्यका योजनाबारे जानकारी दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी अगाडि बढ्ने बताए।

    नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, महासचिव हेमन्त डाँगी तथा राष्ट्रिय प्रमुख प्रशिक्षक पूर्णबहादुर योञ्जनले एकेडेमीको स्थापनाले नेपाली खेलकुद, विशेषगरी तेक्वान्दो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन योजनामार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्न सुझाव दिएका थिए।

    समारोहका अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रम खेलाडीहरूको प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा शुभकामना मन्तव्यसहित सम्पन्न भएको थियो। महालक्ष्मी स्पोर्ट्स एकेडेमीले तेक्वान्दो खेल विधामा प्रशिक्षण प्रदान गर्दै स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

     

    महालक्ष्मी स्पोर्ट्स एकेडेमी प्रमुख रमण थापाले खेलकूद क्षेत्रप्रति निरन्तर योगदान, नेतृत्व र प्रेरणादायी भूमिकामा एकेडेमी सक्रिय रहने बताउनुभयो। 

     

    laxmi.jpeg

    mahalxmi1.jpeg

    mahalaxmi.jpeg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij