
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी किरण पण्डितले पाएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पण्डितले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रामु पौडेल रहेका थिए । उनलाई मंगलबार बैंक सुपरिवेक्षण विभागबाट मद्रा व्यवस्थापन विभागमा पठाइएको थियो ।
आजकै मितिदेखि लागू हुनेगरि पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।
पण्डित २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए । पण्डितसँग बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij