Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

  • काठमाडौं । तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीहरूले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुधवार नै राजीनामा बुझाएका छन् ।

    AGNI GROUP

    नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेश नै ल्याएर पद मुक्त गरेको थियो । तर, त्यसमा सरकारी बैंकका पदाधिकारीहरू भने परेका थिएनन् । अध्यादेशबाट पदमुक्त नभए पनि सरकारले मार्ग प्रशस्त गर्न भनेपछि राजीनामा बुझाएको स्रोतको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट