Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उप्रेतीले निकटतम प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै जित हात पारेका हुन् ।
उप्रेतीले अध्यक्षमा पाँच मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौड्यालले दुई मत मात्रै प्राप्त गरे ।
बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात प्रदेशका सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ । जस अनुसार आज निर्वाचन भएको हो ।
अध्यक्षमा निर्वाचित उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत रूपमा सञ्चालकमा निर्वाचित भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij